दफा १२४
आमा बाबुको सुपरीवेक्षण र नियन्त्रण रहने

(१) नाबालक छोरा, छोरी आमा, बाबुको सुपरीवेक्षण, निगरानी, नियन्त्रण, संरक्षण वा अख्तियारी अन्तर्गत रहनेछ ।
(२) उपदफा (१) अन्तर्गत रहेको नाबालकले आमा बाबुले कानून सम्मत दिएको आज्ञा, आदेश वा निर्देशनको पालना गर्नु पर्नेछ ।